आज सुनचाँदीको मूल्य कति ?

प्रहर खबर
४ आश्विन २०७७, आईतवार ११:०३

काठमाडौं – नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ । आइतबार सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९६ हजार ५ सय मा कारोकार भइरहेको छ । हिजो चाँदीको मुल्य १ हजार ३ सय ३० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय १५ रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।