अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ठगीको आरोप

प्रहर खबर
४ आश्विन २०७७, आईतवार ११:१२

एजेन्सी – बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ।

एनआरआई सचिन जोशीले खार पुलिसमा हालै शिल्पा दम्पतीविरुद्ध उजुरी दिएका हुन्। उजुरीमा शिल्पा दम्पती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको जोशीले आरोप लगाएका छन्।

अभिनेत्री शिल्पाले आरोप झुटो र आधारहीन भन्दै खण्डन गर्दै बरु त्यसको पैसा सचिन जोशीले तिर्न बाँकी रहेको बताएकी छिन् । दोषा प्रत्यारोपणको यो प्रकरणले अहिले बलिउड मिडिया तातेको छ ।