मकवानपुरमा थप २२ जनामा कोरोना पुष्टि

प्रहर संवाददाता
प्रहर संवाददाता
४ आश्विन २०७७, आईतवार १६:०८

हेटौंडा – मकवानपुरमा थप २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १५ पुरुष र ७ महिला गरी २२ जनामा कोरोना पुष्टि भएको हो ।

आज कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिका वडा नंं ११ का ४ जना, हेटौंडा–८ का २ जना, हेटौंडा–४,५,९,७ र १० का एकएक जना गरी नगरभित्रका ११ जना रहेका छन् ।

त्यस्तै भिमफेदी गाउँपालिका वडा नं ४ का ६ जना, भिमफेदी ६ का २ जना, भिमफेदी–२ का एक जना र मनहरी गाउँपालिका वडा नंं ७ र ६ का एक/एक जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । उनीहरु ३ देखी ७१ बर्ष उमेर समुहका रहेका छन् ।

संक्रमित पुरा बिवरण

No description available.