नेपालमा थप १ हजार ३२५ जनामा कोरोना पुष्टि, ९६६ जना डिस्चार्ज

प्रहर खबर
४ आश्विन २०७७, आईतवार १६:२४

हेटौंडा – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा १ हजार ३२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससंगै कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

२४ घण्टामा ९६६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसंगै डिस्चार्ज हुनेको सङ्ख्या ४६ हजार २३३ पुगेको छ ।

नेपालमा १७ हजार ४७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार ४५१ जना रहेका छन् । हालसम्म ९ लाख १४ हजार २९० पीसीआर परीक्षण भइसकेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४११ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।