लागुऔषध सहित मकवानपुरका एक युवक पक्राउ

प्रहर खबर
४ आश्विन २०७७, आईतवार १९:४६

हेटौंडा – लागु औषध चरेस सहित मकवानपुरका एक युवक पक्राउ परेका छन् ।

मकवापनुरको थाहा नगरपालिका वडा नं. ७ पाखुरे घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं. १२ बस्ने २३ बर्षीय सुबिन्द्र स्याङ्ताङलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलिले चन्द्रागिरि नगरपालिका वडा नं. १२ ईन्चाटोलबाट लागु औषध चरेस सहित पक्राउ गरेको हो ।

शंकास्पद रूपमा हिडिरहेका स्याङ्ताङले बोकेको रातो रंगको हाते झोला खानतलासी गर्दा दुई पोकामा दुई किलो लागु औषध चरेश बरामद गरिएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

स्याङ्ताङमाथि लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।