मकवानपुरका सौदर्यकर्मीहरुद्वारा ब्यवसाय संचालनको माग

प्रहर खबर
४ आश्विन २०७७, आईतवार १९:५६

हेटौंडा – आफूहरुको ब्यवसाय संचालन गर्न पाउनु पर्नृे माग राख्दै नेपाल ब्यूटीसियन संघले आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ज्ञापन पत्र बुझाएका छन् ।

संघकी बागमती संयोजक तारा कार्र्की एवम् मकवानपुर जिल्लकी अध्यक्ष रीना गौतमको अगुवाईमा गएको सौन्दर्यकर्मीहरुको टोलीले बिगत लामो समयदेखि बन्द रहेको आफूहरुको पार्लर संचालन गर्न पाउनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।

No description available.

आफूहरु पेशाबाट नै पलाउन हुने अवस्था आएका कारण ब्यवसाय संचालनका लागि आग्रह गरिएको अध्यक्ष गौतले बताउनुभयो । आफूहरु सबै प्रकारका स्वास्थ्य सुरक्षा अपनाएर ब्यवसाय संचालनका लागि तयार रहेको संघकी बागमती संयोजक कार्कीले बताउनुभयो ।

केन्दीय सरकारको नीति अनुसार नै आफूहरुले मकवानपुरको ब्यूटी पार्लरहरु संचालनमा रोक लगाउको र यो बिषय आफूभन्दा माथिल्लो तहलाई आजै जानकारी गराएको प्रजिअ दीपकराज नेपालले बताउनुभयो ।