दिल्लीले पञ्जाबलाई दियो १ सय ५८ रनको लक्ष्य

प्रहर संवाददाता
प्रहर संवाददाता
४ आश्विन २०७७, आईतवार २१:५२

एजेन्सी – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाब प्रतिस्पर्धा गरिरहेको छ । दिल्ली क्यापिटल्सले अलराउन्डर मार्कस स्टोइनिसको उत्कृष्ट ब्याटिङमा किंग्स इलेभेन पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निधारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनायो ।दिल्लीका लागि मार्कस स्टोइनिसले उत्कृष्ट ब्याटिङ गर्दै २१ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रन बनाए ।  कप्तान श्रेयस लेयरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाए ।

Image

पञ्जाबका मोहम्मद शामीले उत्कृष्ट प्रर्दशन गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । रबि बिश्रोईले १ विकेट, शेल्डन कटरेलले २ विकेट लिए ।दिल्लीले पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने टोलीमा परेका छै