राप्रपाका नगरका अध्यक्ष थापासहित १०० नेता–कार्यकर्ता नेकपा प्रवेश

प्रहर खबर
१८ आश्विन २०७७, आईतवार ०८:४२

कञ्चनपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गरेका छन् । नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका केन्द्रीय सदस्य तेजेन्द्र ऐर, एकीकृत राप्रपाका जिल्ला उपाध्यक्ष मानबहादुर कार्कीलगायत १०० जना छन् ।

नेकपाको भीमदत्त नगर कमिटीले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएको हो । नेकपाका केन्द्रीय सदस्य कञ्चनपुर सहइन्चार्ज लालबहादुर विकले नेता थापासहित उनीहरु सबैलाई टीका र दोसल्ला ओढाएर पार्टी प्रवेश गराए ।