बलिउडकी अभिनेत्री काजल अग्रवाल विवाह गर्दै

प्रहर संवाददाता
प्रहर संवाददाता
२० आश्विन २०७७, मंगलवार २०:३८

काठमाडौं– बहुचर्चित बलिउडकी अभिनेत्री काजल अग्रवालले विवाह गर्ने भएकी छिन्।

मंगलबार अग्रवालले आफ्नो इन्स्टाग्राममार्फत व्यावसायी गौतम कित्च्लुसँग विवाह गर्ने घोषणा गरेकी हुन्। विवाह अक्टोबर ३० तारिखमा मुम्बईमा हुन लागेको हो।

‘यो कुरा बताउन पाउँदा म एकदम खुशी छु कि म गौतम कित्च्लुसँग मुम्बईमा परिवारबीच सानो निजी समारोहमा सन् २०२० अक्टोबर ३० गते विवाह गर्दैछु,’ अग्रवालले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्।

कोरोना भाइरसको महामारीले असर गरे पनि गौतमसँगै जीवन बिताउन उत्साहित भएको उनले बताएकी छिन्। अग्रवालले विवाह पछि पनि आफूले गरिरहेको काम नरोक्ने समेत बताएकी छिन्।

विगत १६ वर्षदेखि फिल्म क्षेत्रमा रहेकी काजलले ‘क्यु हो गया ना’बाट अभिनय यात्रा थालेकी थिइन्। त्यसपछि दक्षिण भारतीय फिल्मतर्फ लागेकी हुन्। दक्षिणमा उनी सफल भइन्। बलिउडमा उनको ‘सिघंम’ चर्चित छ। उनले मुम्बई सागा, मागाधीरा, जिल्ला, पेरिस पेरिस, टेम्पर लगायतका सिनेमामा खेलेकी छिन्।