प्रहरी चौकी बम हमला, १० जना सुरक्षाकर्मी मृत्यु

प्रहर खबर
२१ आश्विन २०७७, बुधबार २२:००

काठमाडौं – अफगास्तिानको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि छ जना प्रहरी र चार अफगान सेनाको ज्यान गएको छ ।

अफगानिस्तानका विभिन्न स्थानमा गरेका आक्रमणमा परी ती सुरक्षाकर्मीहरु मारिएका यहाँको टोलो न्युजले जानकारी दिएको छ ।मंगलबार राति अफगानिस्तानको जाबुल प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा तालिबानहरुले हमला गरेका थिए ।

त्यसैगरी अफगानिस्तानको हेल्माण्ड प्रान्तको ओमार जवाक जिल्लामा भएको कार बम हमलामा परी कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको छ ।उक्त जिल्लामा सैनिक समूहलाई लक्ष्य गरेर कारबम हमला गरिएको थियो । त्यसमा परी चार जना अफगान सेनाका सदस्यको घटनास्थलमै ज्यान गएको थियो भने अरु छ जना घाइते भएका छन् ।

पछिल्लो समयमा तालिबानीहरुले हेल्माण्ड प्रान्तमा कैयौँ हिंस्रक हमलाहरु गरिरहेका छन् । उता कतारको राजधानी दोहामा अफगान सरकार र तालिबानीहरुबीच शान्ति वार्ता हुने बताइरहेका बेला यता उनीहरुले हमला रोकेका छैनन् । एजेन्सी