हेर्नुहाेस आज कतिमा काराेबार हुँदैछ सुनचाँदी ?

प्रहर खबर
२२ आश्विन २०७७, बिहीबार ११:३६

काठमाडौं – नेपाली बजारमा केही सातायता सुनको मूल्यमा सामान्य घटबढ हुने क्रम जारी छ । यही क्रममा बिहीबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।बुधबार पनि सुनको मूल्य मंगलबारको तुलनामा रु ८०० घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार तेजावी सुन तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ११७५ रुपैयाँमा कारोबार भएको थियो ।