हेटौंडाका आषुतोसको ‘मुस्कान’ सार्वजानिक (भिडियो सहित)

प्रहर संवाददाता
प्रहर संवाददाता
२२ आश्विन २०७७, बिहीबार १९:३९

हेटौंडा – गएको बर्ष भदौ २० गते घरबाट विद्य‌ालय हिँडेकी १४ वर्षीया मुस्कान खातुनमाथि वीरगञ्जमा एसिड प्रहार भयो। सोहि सत्य घटनामा आधारित रहेर हेटौंडाका आषुतोस अधिकारी (एक्का)ले विहिबार गित सार्वजनिक गरेका छन् ।

कक्षा ९ मा पढ्दै गरेकी वीरगञ्ज छप्कैया– ३ की मुस्कानले एक युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनीमाथि एसिड प्रहार भएको थियो। सोहि विषयमा रहेर विहिबार एक्का अफिसियल नामक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । हेटौंडाको आसपासको दृष्यहरु रहेको उप्त गितको छायंकन र सम्पादन आदिल अन्सारीले गरेका हुन् । गितमा आषुतोस कै शब्द र स्वर रहेको छ । गितलाई साइकोपाथ रेकर्डमा रेकडिङ गरिएको हो । गितको मिक्स मास्टरिङ सोयम ढकालले गरेका छन् ।

उप्त भिडियोमा मुस्कान खातुनलाई कसरी एसिड आक्रमण गरियो र त्यसमा समाज र हामी सबैको के भुमिका छ भनि देखाउन खोजिएको छ । भिडियोले एसिड आक्रमण नगर्न प्रोत्साहन गरेको छ । गितमा सेरोन श्रेष्ठ,सद्दाम हुसेन,अफ्रिन खातुन,फैज अन्सारी,कृतन सिंग महत, मनिता लामिछाने लगायतको अभिनय रहेको छ
हेरौ भिडियो