मकवानपुरमा १ सय २० जनामा कोरोना संक्रमित थपिए(बिवरण सहित)

प्रहर संवाददाता
प्रहर संवाददाता
१ कार्तिक २०७७, शनिबार १०:१३

हेटौंडा – मकवानपुर जिल्लामा आज थप १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका, मनहरी, भीमफेदी गाउँपालिका र जिल्ला बाहिरका समेत गरी १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हेटौंडा बजार क्षेत्रमा कोरोना संक्रमण पुष्टि हुनेको सख्या पछिल्ला दिनमा बढेको हो । आज संक्रमण पुष्टिहुनेहरुमा ४९ महिला र ७१ पुरुष रहेका छन् ।