नेपालमा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ८९ हजार ८४० पुग्यो

प्रहर संवाददाता
प्रहर संवाददाता
१ कार्तिक २०७७, शनिबार १६:३०

हेटौंडा – नेपालमा बिहीवार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको जानकारी दिए ।

विगत २४ घण्टामा १ हजार ८ सय जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८९ हजार ८४० जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ७२७ जनाको मृत्यु पुष्टि भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ जना रहेका छन् । हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ७१५ जना रहेका छन् ।