हेटौंडामा विभिन्न पार्टी परित्याग गरि १ सय ३५ जना कांग्रेसमा प्रवेश

प्रहर खबर
१ कार्तिक २०७७, शनिबार १८:२६

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा १ सय ३५ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेस गरेका छन। हेटौंडा उपमहानगरपालिका वडा नं. १४ का १ सय ३५ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेस गरेका हुन् ।

वडाको बँदेल धापमा भएको उक्त कार्यक्रममानेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले उनीहरुलाई पार्टीको प्रबेश गराएका थिए । कार्यक्रममा पार्टीका महासमिति सदस्य दिनेश उपाध्याय, हेटौंडा उपमहानगर पालिकाका सभापती आनन्दराम पराजुली, तरुण दलख् तीन नम्बर क्षेत्रीय सभापती सन्जय श्रेष्ठ लगायत पार्टीका नेता तथा कार्यकताको उपस्थिती रहेको थियो।