फिल्म ‘भाँडाकुटी’ बन्ने, मुकुन र बेनिशा मुख्य भूमिकामा

प्रहर खबर
२ कार्तिक २०७७, आईतवार ०८:२८

काठमाडौं – घटस्थापनाको दिन पारेर नयाँ चलचित्र घोषणा गरिएको छ । दृश्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागिएको फिल्म भाँडाकुटीको शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको छ ।

नायिका बेनिशाहमाल र कलाकार मुकुनभुषाल लगायतको अभिनय रहने चलचित्र भाँडाकुटी आउँदो फागुनमा वुटवल आसपासका ठाउँमा छायांकन गरिने बताइएको छ ।

बैवाविक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागिएको चलचित्रलाई किरण बिकले निर्देशन गर्दैछन् । ओस्कार फिल्म कलेज पास आउट भएका यूवाको समूह चलचित्रमा हाबी छ ।

२०७८ साल लक्षित गरेर प्रदर्शन टार्गेट गरेको फिल्मलाई निशल पौडेलले खिच्ने भएका छन् । फिल्ममा राज कुमार दर्जीको कोरियोग्राफी र भिम विकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् । झण्डै एक करोड लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् ।

समाजको कथालाई नयाँ ज्ञानसहित पुरा अनुभवहरुको साथमा राम्रो फिल्म बनाउने उद्देश्यसहित नयाँ टिम आएकोले सबैले सहयोग गरिदिन निर्देशक किरणले अनुरोध गरेका छन् ।