हास्यकलाकार मनोज गजुरेलमा कोरोना पुष्टि

प्रहर संवाददाता
प्रहर संवाददाता
११ कार्तिक २०७७, मंगलवार ०७:२४

काठमाडौं – हास्यकलाकार मनोज गजुरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।

टाउको दुख्ने, ज्वरो आउँने र ढाड दुख्ने समस्या देखिएपछि परिक्षण गराउँदा पोजेटिभ देखिएको उनले उल्लेख गरेका छन् ।कोरोना पुष्टिपछि सेल्फ आइसोलेसनमा रहेको समेत उनले बताएका छन् ।

गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’ उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन समेत आग्रह गरेका छन् ।