दशैँको टीका लगाउन नुहाउन गएकी किशोरीको डुबेर ज्यान गयो

प्रहर खबर
११ कार्तिक २०७७, मंगलवार ०८:२३

काठमाडौं – नुहाउने क्रममा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी २० वर्षकी हेमन्त बयकको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान दशैँको टीका लगाउनु अघि नुहाउन गएकी किशोरी नदीको भंगालोमा परी बेपत्ता भएकी थिइन् । केही समयपछि उनको शव भेटिएको थियो । किशोरीको शव मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाको सीमा क्षेत्र चित्रे नजिकै भेटिएको हो ।