प्रहरी निरीक्षक तिमिल्सिना बागमती प्रदेशको असोज महिनाको सर्वोत्कृष्ट प्रहरी

प्रहर खबर
१४ कार्तिक २०७७, शुक्रबार १७:१२

हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा असोज महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा गरेको छ । जसमा ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना असोज महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएका हुन् ।

तिमिल्सिनाले असोज महिनाको बिभिन्न मितिमा गरी ९ जना फरार प्रतिबादीलाई पक्राउ गरी सम्मानित अदालतमा कैद भुक्तानको लागि पेश गरेको थिए । त्यस्तै लागु औषधको बिक्रि वितरण र रोकथामको लागि लागु औषध सहित मानिस पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन तिमिल्सिना सफल भए । साथै, डलर साट्ने बहानामा ठगी गर्ने समुहलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको लगाएतका कार्यहरुको उचित मुल्यांकन गर्दै उत्कृष्ट प्रहरी घोषण गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका प्रत्यक्ष मातहतका कार्यालयबाट महिना भरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको नामावली माग गरी सिफारिस भई आएका मध्ये उत्कृष्ट कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्ने गरी महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ कार्यान्वयनमा ल्याईएको छ । कार्यविधीमा उल्लेखित व्यवस्था अनुसार सिफारिस भई आएका तर महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा नभएका अन्य प्रहरी कर्मचारीलाई भने सम्बन्धीत कार्यालयले “महिनाको उत्कृष्ट प्रहरी” घोषणा गर्ने गरीन्छ ।

कार्यबिधीकै व्यवस्था अनुसार प्रत्येक महिना १५ जना प्रहरी कर्मचारी पुरस्कृत हुने गर्दछन । असोज महिनामा पनि उत्कृष्ट कार्य गर्ने १५ प्रहरी कर्मचारी पुरस्कृत भएका छन ।