तिहारको बेला घट्यो सुनको मूल्य

प्रहर खबर
२७ कार्तिक २०७७, बिहीबार १२:५२

काठमाडौं – नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । बुधबार सुनको मूल्य तोलामा ९८ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार २ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२० रहेको महासंघले जनाएको छ ।