बढ्यो सुनको मुल्य, तोलाको कति ?

प्रहर खबर
२८ कार्तिक २०७७, शुक्रबार ११:५१

काठमाडौं –  नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । छापावाल सुन प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । आज तेजाबी सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार, शुक्रवार चाँदी प्रति तोला १ हजार ४६ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।