दोस्रो मैत्रीपूर्ण खेल : पहिलो हाफ गोल रहित बराबरी

प्रहर संवाददाता
प्रहर संवाददाता
२ मंसिर २०७७, मंगलवार १७:५२

काठमाडौँ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण  फुटबल खेलमा अहिले नेपाल र बंगलादेश प्रतिस्पर्धा गरिरहेको छ । ।खेल ढाकास्थित बंगबन्धु रंगशालामा साँझ ४स्४५ बजे सुरुबाट शुरु भएको हो ।

पहिलो हाफको खेल सक्किदा दुवै टोलीले गोल रहित बराबरीमा सकिएको छ । दुबै टोलीबाट गोल हुन नसक्दा पहिलो हाफ बराबरीमा रोकिएको हो ।

अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिएपनि उनी खेलको १९ औं मिनेटमा नवयुग श्रेष्ठसँग सब्स्टीच्युट भए । खवास मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेमजोङले गरिरहेका छन् ।

यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २–० गोलले पराजित भएको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारीबीच अन्तर्राष्ट्रिय फुटबलमा फर्कन दुवै टोलीले दुई वटा मैत्रिपुर्ण खेल खेलेका हुन्।

मुजिब बोर्सो ट्रफी उचाल्न नेपालले बङ्गलादेशलाई कम्तिमा दुई गोलको अन्तरले पराजित गर्नु पर्ने हुन्छ । नेपालले दुई गोलको अन्तरले जितेमा विजेताको छिनोफानो पेनाल्टी सुटआउटमा हुनेछ । बङ्गलादेशले एक गोल अन्तरले हारे ब्यहोरे पनि ट्रफी उचाल्नेछ ।