मकवानपुरमा आज २५ जनामा कोरोना संक्रमित थपिए

प्रहर संवाददाता
प्रहर संवाददाता
४ मंसिर २०७७, बिहीबार १९:३६

हेटौंडा – मकवानपुरमा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका २१ जना र मकवानपुरगढी र मनहरी गाउँपालिकाका दुई/दुई जना रहेका छन् ।

हेटौंडामा रहेको कीटजन्य रोग तथा अनुसन्धानमा रहेको प्रदेशीक प्रयोगशालामा ७३ जनाको स्वाब परिक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख भोला चौलागाईंले जानकारी दिए । जसमा ९ जना महिला र १६ जना पुरुष छन् ।

No description available.