जन्ती बोकेको जीप दुर्घटना: ६ बालबालिकासहित १४ जनाको मृत्यु

प्रहर खबर
५ मंसिर २०७७, शुक्रबार ०९:१५

काठमाडौं – जन्ती गएर फर्कदै गएको सवारी दुर्घटना हुँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको प्रतापगढ जिल्लास्थित प्रयागराज–लखनऊ राजमार्गमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुने बच्चामा ७ देखि १५ वर्षका रहेका छन् । अन्यको उमेर भने २० देखि ६० वर्ष रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मानिस सवार जिप राजमार्गमा रोकेर राखेको ट्रकसँग ठोक्किएको थियो। प्रहरी अधिकारी अनुराग आर्यका अनुसार ट्रकको टायर पङ्चर भएपछि सडक किनारमा रोकिएको थियो।

नवाबगंज थाना इलाकाको शेहपुरा गाउँमा जन्त गएका उनीहरु फर्कदै थिए। दुर्घटना मध्यरातमा भएको हो।