मकवानपुरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

प्रहर संवाददाता
प्रहर संवाददाता
५ मंसिर २०७७, शुक्रबार १८:२४

हेटौंडा – मकवानपुरमा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका २० जना र मकवानपुरमा कार्यरत चितवन भरतपुर महानगरपालिकाका एक जना रहेको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख भोला चौलागाईंले जानकारी दिए

हेटौंडामा रहेको कीटजन्य रोग तथा अनुसन्धानमा रहेको प्रदेशीक प्रयोगशालामा ७७ जनाको स्वाब परिक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ८ जना महिला र १३ जना पुरुष छन् ।

No description available.