हेटौंडाको शिवम् सिमेन्टमा आगलागी

प्रहर खबर
६ मंसिर २०७७, शनिबार ११:५२

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा १६ मा रहेको शिवम् सिमेन्टमा आगलागी भएको छ । शनिबार बिहान विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

स्थानीय, प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको रानाले बताए ।