गाईको बाछो काटेर खाने चार जना पक्राउ

प्रहर खबर
६ मंसिर २०७७, शनिबार १३:५२

काठमाडौं – गाईको बाछो काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकले गाईको बाछो काटेर घरमा मासु लुकाइरहेको अबस्थामा शुक्रबार बेलुका झापाको दमकबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दमक ७ का २० वर्षीय बब्लु अली, सोही ठाउँका ४२ वर्षीय ढकराज रामदाम, २७ वर्षिय छोटे अली र २९ वर्षिय प्रदीप सुवेदी रहेका छन्उ नीहरुले बिहीबार बेलुका नै बाछो काटेको खुल्न आएको प्रहरीले जनाएको छ।

बाछो काटेर केही मासु खाइसकेर केही मासु घरमा लुकाईराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट १० केजी मासु बरामद भएको छ। उनीहरूमाथि गौहत्याको अभियोग लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।