एकै परिवारका तीनजना मृत भेटिए

प्रहर खबर
६ मंसिर २०७७, शनिबार १४:५५

काठमाडौं – शनिबार एक फ्ल्याटमा आमा र छोराछोरीसहित तीनजना मृत भेटिएका छन्। हङकङको एक फ्ल्याटमा आमा र छोराछोरीसहित शनिबार तीनजना मृत फेला परेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

शनिबार मध्यान्न साम सेङको न्यु टेरिटोरीस्थित सि रेस भिल्लेको फ्ल्याटमा ४६ वर्षकी आमा, १७ वर्षका उनका छोरा र २१ वर्षकी छोरी मृत अवस्थामा भेटिएको प्रहरीले बताएका छन्।

एक पुरुषले आफ्नो फ्ल्याट भित्रबाट बन्द भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।प्रहरी अग्निनियन्त्रकसहित त्यहाँ पुग्दा उनका श्रीमती, छोरा र छोरी मृत भेटिएका थिए।ती पुरुष चाँही किन फ्ल्याट बाहिर थिए भन्नेबारेमा यतिबेला प्रहरी अनुसन्धान गरिरहेको छ।

ती महिला र छोरा छोरीले आत्महत्या गरेका हुन् या यो घटना हत्या थियो भन्नेबारेमा पनि अनुसन्धान जारी छ।