कमेडियन भारतीको घरमा गाँजा भेटिएपछि…

प्रहर खबर
६ मंसिर २०७७, शनिबार १५:१७

काठमाडौँ – कमेडियन भारती सिंहको घरमा भारतको नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी)ले छापा मारेको छ । ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको
ब्युरोले भारतीको अन्धेरीस्थित भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको घरमा छापा मारेको हो।

छापा मार्दा भारतीको घरमा गाँजा भेटिएको छ । गाँजाको परिमाण कति थियो भन्ने खुलाइएको छैन । एनसीबीले आजै मुम्बइका अन्य तीन ठाउँमा पनि छापा मारेको बताइएको छ । यसबाहेक अन्य स्थानमा पनि छापा मार्ने क्रम जारी रहेको बताइएको छ ।

एनसीबीले मुम्बईमा कैयौ ठाउमा छापा मार्नेक्रममा कमेडियन भारतीको घरमा छापा मारेको र घरमा गाजा भेटिएपछि दुवैलाई बयानका लागि लगेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनीहरुको बयान आजै हुने बताइएको छ । उनीहरु केही बेरमा एनसीबीको कार्यालयमा बयान दिन पुग्ने भारतीय मिडियाले जनाएका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि ड्रग्स एंगलबाट छानबिन गर्दै कैयौ बलिवुड सेलिब्रेटीलाई निशाना बनाएर अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय एनसीबीले ड्रग्स केसमा कैयौं स्टारहरुलाई निशाना बनाएको छ । हालै अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनी र उनकी प्रेमिका गैब्रिएला डेमेट्रिएड्ससँग बयान पनि लिइसकेको छ ।

एनसीबीले ड्रग्स प्रकरणमै यस अघि अभिनेत्री दीपिका पादुकोने, श्रद्धा कपुर, रकुलप्रित सिंह, सारा अली खानसँग बयान लिइसकेको छ ।