नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो, कुन जिल्लामा कति थपिए संक्रमित ?

प्रहर संवाददाता
प्रहर संवाददाता
६ मंसिर २०७७, शनिबार १७:३७

हेटौंडा – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्युहुनेको संख्या १ हजार ३०५ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा  थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, धनकुटामा ७, भोजपुरमा १, सोलुखुम्बुमा १ र सुनसरीमा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै प्रदेश २ को धुनषामा ११, बारामा ५, महोत्तरीमा ३, सप्तरीमा २, सर्लाहीमा ४ र सिरहामा ७ जनामा कोरोना संक्रमण भएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५६, चितवनमा ६१, दोलखामा ३, धादिङमा १८, नुवाकोटमा ८, भक्तपुरमा ४९, मकवानपुरमा २५, रामेछापमा ४, ललितपुरमा १ सय ६५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ९, तनहुँमा ४४, नवलपरासी पूर्वमा २८, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ५, वागलुङमा ७ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३३, गुल्मीमा ४, दाङमा १०, नलवपरासीमा ३३, पाल्पामा १९, प्यूठानमा ३, बर्दियामा १७, बाँकेमा ३९, रुकुम पूर्वमा १, रोल्पामा ७ र रुपन्देहीमा ५७ जनामा कोरोना संक्रमण भएको पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा १ जनामा कोरोना पुष्टि भएको छ भने सुदूरपश्चिमको अछाममा ३, कञ्चनपुरमा ३, कैलालीमा ४०, डडेल्धरामा ६, बझाङमा ६, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २४ हजार ९ छन् । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको १ लाख ९३ हजार ३२५ संख्या पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ५२ हजार ४३ परीक्षणहरु गरिएका छन् ।