जबरजस्ती करणी गर्ने एक जना पक्राउ

प्रहर संवाददाता
प्रहर संवाददाता
६ मंसिर २०७७, शनिबार १८:४९

हेटौंडा – जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत साविक भुकताङ्ले गाविस वडा नं. २ हाल मोदी गाउपालिका वडा नं. १ बस्ने ३२ बर्षिय दिपक परियार रहेका छन् ।

परियारले सोही स्थान बस्ने बर्ष १९ की एक युवतीलाई जवरजस्ती करणी गरको आरोप लागेको छ । पिडितको आमाले उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक प्रदिप पौडेलको कमाण्डमा प्रहरी टोलीले मंसिर दुई गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्बतले जनाएको छ ।

जबरजस्ती करणी मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी सम्मानित पर्वत जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।