मकवानपुरमा आन्तरिक पर्यटकको चाप बढ्यो, व्यापार बढेन

प्रहर संवाददाता
प्रहर संवाददाता
६ मंसिर २०७७, शनिबार १९:४३

हेटौंडा – बागमती प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य जिल्ला मध्ये मकवानपुर पनि पर्दछ । सरकारले मंसिर १ गतेबाट पर्यटन क्षेत्रलाई खुल्ला गरेसंगै मकवानपुरका पर्यटकीय क्षेत्र एतिहासिक मकवानपुरगढी दरबार, इन्द्रसरोबरको मार्खु, थाहा नगरपालिका, हेटौंडा उपमहानगरभित्रका विभिन्न पर्यटकीय क्षेत्र लगायत जिल्ला अन्य क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।

मकवानपुरको पर्यटकीय क्षेत्रमध्ये सबै भन्दा बढी मकवानपुरगढी दरवार क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित बनेको एतिहासिक मकवानपुरगढी दरवार क्षेत्रमा करिब आठ महिना पछि आन्तरिक पर्यटकको चाप बढेको हो । मकवानपुरगढीमा दैनिक एक हजार देखी १५ सय सम्म आन्तरिक पर्यटकहरु आउने गरेका स्थानीहरु बताउँछन् ।

मकवानपुरगढी दरबार क्षेत्र अवलोकन तथा बनभोज लगायत अन्य बिभिन्न उद्धेश्य सहित मनोरञ्जन लिनको लागि शनिबार र बिदाको समयमा हजारौँको संख्यामा आन्तरिक पर्यटकहरु आउने स्थानीय दुधराज न्यासुरले बताए । लकडाउन अघि भन्दा पनि  लकडाउनपछि गढी दरवार घुम्न आउने पर्यटक बढी रहेको न्यासुर बताउँछन ।

सरकारले लकडाउन अन्त्य भएको घोषण गरेपनि कोरोनाबाट सुरक्षित रहन सुरक्षका मापण्डहरु अपनाउन अझै पनि आग्रह गरिरहेको छ । तर, गढी दरवार क्षेत्र लगायत मकवानपुरका प्रमुख पर्यटकीय क्षेत्रमा घुम्न आउँने पर्यटकहरुले सुरक्षाका मापण्डहरुको ब्यवास्था गरेको देखिन्छ । घुम्न आउने पर्यटकहरुलाई सुरक्षाका मापदण्ड अपनाउनको लाथि स्थानीय सरकारले बिशेष चासो दिनुपर्ने स्थानीयहरुको माग रहेको छ ।

मकवानपुरगढी दरबारमा पर्यटकको चाप बढेसंगै कोरोना भाइरस संक्रमण फैलिन सक्ने खतरा बढेको गढी २ का वडाध्यक्ष बखान सिं पाख्रिन स्वकार गर्छन् । यस बिषयमा उनले बृद्धबृद्धा तथा दिर्ग रोगि मात्र डराउन पर्ने भन्दै आफै डाक्टरी शैलीमा जावाफ दिए ।

पर्यटक बढ्यो ब्यापार बढेन

मकवानपुरमा अहिले लकडाउन गरिको अवस्था छैन । सबै ब्यापार ब्यवसाय लकडाउन हुनु भन्दा पहिले जस्तै संचालनमा छ । पर्यटन क्षेत्र पनि पहिले जस्तो चालायमान भएको आभास हुन्छ मकवानपुरका प्रमुख पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकहरुको चाप देख्दा । आन्तरिक पर्यटकरुको बढेपनि बाहिय पर्यटकको आगमन शुन्य नै जस्तो रहेको छ ।

पर्यटकहरुको चाप बढेपनि पर्यटक बिशेष होटलहरुमा ब्यापार भने सोचे अनुरुप भएको अवस्था छैन । मकवानपुरगढी दरवारमा घुम्न आउने पर्यटकहरुलाई लाक्षि गरेर खोलेका होटल संचालकहरु भन्छन्– “पर्यटकको चाप त बढ्यो तर, ब्यापार भने सोचे जस्तो छैन ।”

लकडाउन हुनु भन्दा पहिलेको तुलनामा अहिले पर्यकट आगमन बढी भएपनि पहिलेको तुलनामा अहिले ब्यापार नबढेको गढी दरवार रेष्टुरेन्ट एण्ड कटेजका संचालक अमृत न्यौपाने बताउँछन् । उनले लकडाउन हुनु भन्दा पहिले दैनिक २० देखी ३० हजार सम्म ब्यापार हुने गरेको अहिले दैनिक ब्यापार मुस्किलले १० देखी १५ हजार सम्म हुने गरेको संचालन न्यौपानले बताए । पहिले मासिक रुपमा एक देखी दुई लाख सम्म नाफा हुने गरेको अहिले होटल संचानल गर्न मात्रै ठिक हुने न्यौपाने बताउँछन ।

इन्द्रसरोबरको मार्खुमा आन्तरिक पर्यटकको चहपल बढेपनि ब्यापार भने सन्तोष जनक भएको अवस्था छैन । लकडाउन हुनु भन्दा पहिलेको तुलना ४० देखी ५० प्रतिशत ब्यापार घटेको डि लेकसाइल सिम्लाङ होटलका संचालक निरज श्रेष्ठले बताए । “पर्यटकहरुले पहिले जस्तो खुलेर खर्च गरेको अवस्था छैन, पहिले घुम्न आउने पर्यटकहरु बास बस्ने गर्थे, अहिले बास बस्दैनन् ।” श्रेष्ठ भन्छन्

यसो भन्छन् होटल एशोसिएसनका अध्यक्ष श्रेष्ठ

कोभिडका कारण मानिसहरुको आर्थिक क्रियाकप राम्रोसंग चलायमान हुन नसक्दा खर्च मक गरेको भएर ब्यापार कम हुनुको मुख्य कारण रहेको होटल एशोसिएसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठले बताए । आन्तरिक पर्यटकको तुलनामा बाहिय पर्यटकले ब्यापारमा ठुलो प्रभाव पर्ने भएकोले बाहिय पर्यटक भित्राउनमा बिशेष जोड दिनुपर्ने उनको तर्क छ । कोरोना महामारीको कारण होटल ब्यवसायीहरुले ब्यहोरेको आर्थिक भार अझै कायम नै रहेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने – “सरकारले पर्यटन क्षेत्र खुल्ला गरेर मात्रै पर्यटकीय क्षेत्र चलायमान हुँदैन । पर्यटन र होटल ब्यवसाय एक अर्काका परिपुरक हुन्, सरकारले होटल ब्यवसायीहरको मागलाई बिशेष ध्यान दिनु पर्छ” ।

मानव जिबनको सबै भन्दा ठुलो धन स्वास्थ्य भएकोले सबै होटल संचालकले स्वास्थ्यलाई प्राथामिक्ता पाहुँनाहरुलाई सोवा प्रदान गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् । कोरोनाको महामारी नेपालमा कायमै रहेको सुरक्षको मापदण्ड अपनाएर पर्यटकहरुलाई समेत घुम्न आग्रह गरेका छन् ।