राजधानीमा रकेट आक्रमण: आठ जनाको मृत्यु, दर्जनौ घाइते

प्रहर खबर
६ मंसिर २०७७, शनिबार २१:१५

काबुल, अफगानिस्तान – अफगानिस्तानको राजधानीमा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या आठ पुगेको छ ।

अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् ।

अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताउनुभयो ।