
चर्चित फुटबलर डिएगो म्याराडोनाको निधन

काठमाडौं – विश्व चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।
‘कार्डिक अरेस्ट’ (हृदयघात) का कारण उनको घरमै निधन भएको बताइएको छ । दुई हप्ताअघि मात्रै ‘ब्लड कल्ट’ बनेपछि उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।
सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाला विश्व कपको उपाधि दिलाएका थिए ।उनले बार्सिलोना र नापोलीबाट पनि खेलेका थिए।
विश्वकै महान् खेलाडीको रूपमा चिनिने म्याराडोनाको जन्म सन् १९६० अक्टोबर ३० मा उनको भएको थियो ।