क्रिकेटर सन्दीप लामिछाने पनि काेराेना संक्रमित

प्रहर संवाददाता
प्रहर संवाददाता
१३ मंसिर २०७७, शनिबार ०९:०९

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएपछि परिक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको लामिछानेले सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् ।

उनले शनिबार बिहान ट्वीट गर्दै अहिले भने स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना संक्रमण देखिएको थियो ।