कोरोना संक्रमित २२ वर्षिया एक युवतीको मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
१४ मंसिर २०७७, आईतवार ११:२५

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमित २२ वर्षिया एक युवतीको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आइतबार विहान २ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।
उनी जनकपुर सिटी अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी थिइन् ।