
राजधानी हेटौंडामा ‘राजा आऊ देश बचाऊ’ भन्दै बृहत् प्रर्दशन(हेर्नुहोस तस्बिरहरु)

हेटौंडा – बागमाती प्रदेशको राजधानी हेटौंडामा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रर्दशन गरिएको छ ।
राष्ट्रिय झण्डा लगाएर ‘राजा आऊ देश बचाऊ’ भन्दै हेटौंडाको हुप्रचोरबाट सितलमहलचोक, बैंकरोड, सिमाचोक, हेटौंडा बसपार्क, राप्तीरोड, बुद्धचोक, चौकीटोल, मानसचोक, कान्तिलोकपथ हुदैँ हेटौंडाको विभिन्न स्थानमा र्याली निकालिएको हो।
नेशनल डेमोक्रेशी अलाईन्स (एनडिए) ले ‘२०४७ सालको संबिधान पुनःस्थापना हाम्रो अभियान ’ भन्दै आइतबार हेटौंडामा मोटरसाइकल, म्याजिक र्यालीसहित विशाल प्रदर्शन भएको हो।गणतन्त्र स्थापनापछि हेटौंडामा राजसंस्थाको पक्षमा भएको यो प्रदर्शन अहिलेसम्मकै ठूलो भएको दाबी गरिएको छ। राजसंस्था पुनःस्थापनाको माग गर्दै गरिएको प्रर्दशनमा हजारौँको संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो ।