मकवानपुरमा थप १६ जना कोरोना पुष्टि

प्रहर संवाददाता
प्रहर संवाददाता
१४ मंसिर २०७७, आईतवार १९:२९

हेटौंडा – मकवानपुरमा आईतबार १६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । हेटौंडामा रहेको कीटजन्य रोग तथा अनुसन्धानमा रहेको प्रदेशीक प्रयोगशालामा गरिएको परिक्षणमा ६ महिला र १० पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको हो ।

संकमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १४ जना, भिमफेदी, मकवानपुरगढी र मनहरी गाउँपालिकाका क्रमशः दुई, एक/एक जनामा रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले बताए ।