विचार

राजाको पुनरागमन कति सार्थक कति निरर्थक ?

''जीवन्त बिम्ब '' जयराम बिडारी
२५ मंसिर २०७७, बिहीबार १४:४३

गुरु शिष्य परंपरानुसार जुन शिष्यले गुरुको मनःस्थिति बुझेर सोही अनुसारको अनुकुल कर्म गर्छन् ती उत्तम शिष्य हुन्छन् जुन शिष्यले गुरुको आदेशानुसारको कर्म गर्छन् ती मध्यम र जस्ले गुरु आज्ञा पाएर पनि आज्ञाको प्रतिकुल ब्यवहार वा कर्म गर्छन् ती खत्तम वा नीच शिष्य कहलिन्छन् भनिन्छ ।यतिबेला सम्पूर्ण नेपाली जनता गुरुका रुपमा बिराजमान छन् भने,नेपाली जनता माथि शासन गर्ने साशक लाइ शिष्यका रुपमा बुझ्नु बान्छनिय हुन्छ । बर्तमान परिवेश लाइ हेर्दा नेपालीजनको जनचाहना के छ भनेर पूर्व भनिएका राजा ज्ञानेन्द्रले बुझ्नु आवश्यक छ । नेपाली जनचाहना के छ भन्ने मनोविज्ञान शासकलाइ भनिरहनु पर्ला जस्तो त लाग्दैन । त्यसैले उत्तम, मध्यम र खत्तम मध्य कसरि आफ्नो परिचय दिने हो उनै जानुन् ।

बर्तमान परिदृश्यमा नेकपा बिवादलाइ लिएर राजनैतिक बृत्तमा बहशको क्रम चलिरहेको अवस्थामा सरकार आफ्नो पुरै शक्ति कसरि सरकार टिकाउन सकिन्छ भन्ने ध्याउन्नमा मा लागेको छ । आज सारा मुलुक नेकपा भित्रको ओली पक्ष र प्रचण्ड पक्षमा ध्रुवीकृत भएर आफ्ना मत प्रकट गरिरहेको परिप्रेक्ष्यमा यी दुवै बेठीक भन्न सक्ने हैसियतमा रहेका हरुको जमात अत्यन्त न्यून रहेको देखिन्छ । बिभिन्न गुट उपगुटको भजनमंडलीमा सामेल हुन् पाउंदा हामीलाइ अझै पनि गर्व छ । तर राष्टबबादी र राष्ट्रघातिमा हामीलाइ बिशेष अन्तर लाग्न छोडेको धेरै समय भइसक्यो । निर्वाचनमा नागरिकले बाकसमा भोट खसालेका हुन् विवेक खसालेका होइनन् , भन्ने कुरो बुझ्न ढिला गरेकै कारण नेतृत्व सच्चिन सकिरहेको छैन भने मेरो पक्षको नेताले भ्रष्टाचार नै गरेको भएपनि त्यो भ्रष्टाचार नभइ पुरस्कार हो भनेर बुझ्ने कार्यकर्ताहरु दुवै यो देशका अभिशाप हुन् ।

नेकपा भित्र शिर्ष नेतृत्वहरु एकले अर्को पक्षको अस्तित्व समाप्त हुनेगरि भ्रष्टाचारको पोल खोलाखोल गरिरहंदा पनि घरको समस्या घरभित्रै हल गर्नुपर्छ भन्नु र मिलेर जानुपर्छ भन्नु प्रकारान्तरले विवेकको बलि दिनु हो । याद राख्नुस्, तपाईंको घर पार्टी होइन, देश हो । र पार्टी केही जालीहरूले एक्लै या मिलेर जालझेल गर्ने सम्झौता गर्दैमा बच्ने होइन । जालझेलमुक्त बनेर मात्रै बच्ने हो ।जनताले राष्ट्रघातीको जय गाउँदा राष्ट्रको पराजय हुन्छ भन्ने कुरा बुझ्न धेरै ढिला भैसकेको महशुष समेत छैन हामीलाइ ।

कानूनी राज्य र बिधिको शासनको अपेक्षाकृत नेपाली जनताहरु यति क्रान्तिकारी छन् कि कहिले झापा आन्दोलनका नाममा मानिसको खाँटी छप्काउनेलाइ आदर्श मान्छौं त कहिले सार्वजनिक रुपमा जनयुद्धमा ५ हज़ार मानिसको हत्याको जिम्मा म लिन्छु भनेर सार्वजनिक रुपया घोषणा गर्नेलाइ आदर्श मात्रै होइन भगवान नै मानिदिन्छौं तुलनात्मक रुपमा अभियोजन अनुसारको र देशको शासनब्यवस्थानुसार झापा बिद्रोहको बिद्रोही भनेर चिनिएका बर्तमान प्रम केपी शर्मा ओलीले १४ बर्षको कठोर जेलजीवन बिताएर धार्मिक प्रायश्चित्तको कुरा नगरौं कानूनी र ब्यवस्थापकिय सजांय भोगिसकेकाले बहश त्यति गर्नु बान्छनिय नहोला तर जनयुद्ध का नाममा मारिएका १७ हजार मध्यको ५ हजारको हत्याको जिम्मेवारी म लिन्छु भनेर सार्वजनिक घोषणा गर्ने प्रचण्डलाइ पुरस्कार स्वरूप जनप्रतिविधी बनांउछौं र उनको सुरक्षार्थ राज्यको ६०,७० सुरक्षाकर्मी खटाउंछौ,प्रचण्ड नेपाली जनताको जनप्रिय नेता हुन् भने उनले नेपाली जनताको बिश्वास गर्नेकि सुरक्षाकर्मीको रु यद्यपी ती सुरक्षाकर्मी पनि नेपाली जनता होइनन् भन्ने अर्थ किमार्थ होइन । हिजो कुनै दिनमा जस्को नेतृत्वले आफ्नै सहकर्मीहरुको ज्यान गयो आज उसैको सुरक्षामा खटिनुपर्दा ती सुरक्षाकर्मीको मनःस्थिति कस्तो होला रु

मान्छे मार्दैमा क्रान्ति हुने हो भने प्रचण्डले जननिर्वाचित भएर किन पुरस्कार पाउने अनि रेशमचौधरीले किन सजायं पाउने रु जनप्रतिनिधी त दुवै हुन् समान प्रकृतिको अर्को मुद्धामा अपहरणकारीको अभियोगमाा पूर्व आपूर्ति मंत्री श्याम सुन्दर गुप्ताले जेल सजायं काट्नुपर्ने तर हज़ारों त्यस्ता अपहरणका घटनामा नेतृत्व गर्ने प्रचण्ड र सयौं घटनामा बिप्लव माओवादी हरुले किन र कसरी उनमुक्ति पाउने रु के आमजनताले आफ्नो सरकार न्यायालय र शासन ब्यवस्था संग प्रश्न गर्न नपाउने रु

सार्वभौमिक मुलुकको स्वतंत्र अस्तित्वलाइ हाम्रा छिमेकी राष्ट्र तथा मित्र राष्ट्रले कुन हिसावले मूल्यांकन र ब्यवहार गर्छन् भन्ने कुरा बिभिन्न समयमा देखिएको दौड़धूप र ठाडो हस्तक्षेपले प्रष्ट पारि नै रहेका छन् केही लेख्ने बोल्नै परोइन । कुटनिती मर्यादाको कुपा गर्ने हो भने बिन्भिन्न देशमा रहेका हाम्र राजदुत हरुले त्यहांका मंत्री तथा प्रधानमंत्रीलाइ भेट्नका निमित्त अवस्थानुसार हफ्ता देखि महिनौं सम्म लाग्ने तुलनात्मकताको कशिमा कसरी नापेर हेर्ने रु जवकि छिमेकी राष्ट्रका एकजना सामान्य कर्मचारीले हाम्रा प्रधानमंत्रीको बेडरूम सम्म प्रवेश पाउछन् भने करिव एकलाखको हाराहारीमा रहेको शाही नेपाली सेनालाइ थर्काउन सक्छन् सभ्य भाषामा कन्भिन्स भनेर भनिएता पनि कन्फ्युजनमा पारिएको र थर्काएको होइन भन्न सकिन्न । हाम्रा सार्वभौमिक सक्षमता कुटनैतिक दुरुहताका निमित्त अरु त्यस्ता थुप्रै उदाहरणार्थ प्रस्तुत गर्न सकिन्छ ।

हाम्रा पूर्व प्रधानमंत्री डा।बाबुराम भट्टराइ केही समय अघि चीनको भ्रमणमा जांदा त्यहांको इमिग्रेसनमा ३ घण्टा भन्दा बढी रोकेर आवश्यक चेक जाँच गरेर प्रवेश दिएको घटना हाम्रा सामु छर्लंग छ। त्यहि चीनका चिन्तक माओत्सेतुंगको क्रान्तिकारी दर्शनको नेपालमा प्रयोग गर्ने प्रमुख योजनाकार मानिएका बाबुराम भट्टराइको यो अपमानलाइ उनको ब्यक्तिगत रुपमा अपमानजनक ब्यवहारको रुपमा बुझियो भने त्यो अपूर्ण बुझाइ मात्र हुनेछ। त्यो समग्रमा नेपालकै अपमानको रुपमा बुझ्नुपर्ने हुन्छ । यसैगरि एकबर्ष अघि चीनका राष्ट्रपति सिजिन पिंगको नेपाल भ्रमणका क्रममा नेपालका प्रधानमंत्रीहरुलाइ क्रमशः ५ मिनेटको समय त्यो पनि बिना कुनै औपचारिक उभिइ उभिइको भेटले हाम्रा छिमेकी मित्रराष्ट्रले हाम्रो हैसियत प्रष्ट पारेनन् र रु

पूर्व संचारमंत्री गोकुल बाँस्कोटाको भाषामा प्रचण्डलाई ‘डेरामा बस्न आउने अनि घरै मेरो भन्ने’ भनी बडो सटिक टिप्पणीबाट नेकपामा प्रचण्डको हैसियत प्रष्ट पारेका छन् ।कुनै बेलामा ९जनयुद्ध भनिएको ताका०प्रचण्डलाइ काल्पनिक पात्रका रुपमा चित्रित गरि उनका फोटो हेर्न उत्सुक नेपालीजनमा अहिले उनको भिजेको मुसा प्रबृत्ति कतिसम्म दयनीय अवस्थामा गुज्रिरहेको छ भनेर सहजै अनुमान गर्न सकिन्छ । जतिबेला उनको जनयुद्धका नायकका रुपमा चित्रित गरिएका कथित ओजस्वीपूर्ण ब्यक्तित्वको यो हदसम्मको अवसान कसैले कल्पना गरेको बिषयबस्तु थिएन । यद्यपि जुन शक्तिकेन्द्रले उनलाइ पालित पोषित गरेर जुन स्थान र हैसियत प्रदान गरेको थियो आज तीनका स्वार्थपूर्ति पश्चातको यो हविगतमा पुर्याउंदा आश्चर्य मान्नुपर्ने कुनै ठोस कारण केही छैन । तापनि हामी नेपाली जनताले चेतनास्तर बढेको नाममा त्यलैलाइ अग्रगामी छलांग मारेको नाममा स्विकार गरिदिएर स्तुति र जय गानमा कैयन बर्ष ब्यतित गरिरह्यौं भने हामी कति भ्रममा बाचिरहेका छौं रु जालझेल र भ्रमपूर्ण बुझाइ नै यदि हाम्रो चेतनास्तर हुने हो भने हामी अझै समय भन्दा कति पछि छौं सहजै अनुमान गर्न सकिन्छ ।

समग्रमा भन्नुपर्दा हामी अयोग्य नेताहरुलाइ प्रतिस्थापित गरेर देशको स्थायी संयन्त्रको रूपमा रहेका अविभावकिय शक्तिलाइ किनारा लगाइ रहेका छौं । ”बहुजन हिताय बहुजन सुखाय ” हाम्रो यो बैद्धिक मूलमंत्रलाइ सुन्दै बुझ्दै अनि आत्मसात् गर्दै हुर्किएका हामीहरुका लागि निष्ठा नै प्राण हो ।अनाचार भ्र्ष्टाचार र बेथितीका बिरुद्धमा लेख्दा र बोल्दा क्रान्तिकारी भइन्छ भने त्यस्तो क्रान्तिकारी हामी सवै चेतनशिल भनिएका हरुले क्रान्तिकारी हुनै पर्छ र समाज प्रतिको दायित्व निभउनै पर्छ ।

यतिबेला नेकपा भित्रको लडांइ कुनै सैद्धांतिक लडांइ हुदै होइन यो त केवल तैले मात्र खाने म चाहिं किन टुलुटुलु हेरिरहने भन्नेमा होइन रु अब भन्नुस्, ओली र प्रचण्डको मिलापत्र, सम्झौता या सहमतिले गर्ने के हो रु यिनै भ्रष्टाचार, षड्यन्त्र र स्वार्थलाई ढाकछोप गर्ने र अनियमिततालाई थप मजबुत बनाउने होइन रु सम्झौता भनेको बाँडेर खाऊँ भन्ने होइन रु के तपाईंका नेताले भनेका शब्द र आरोप झूठा हुन् रु हुन् भने यस्तरी झुटो बोल्नेलाई फेरि महान् नेता मान्न तपाईंको आत्माले स्वयं तपाइलाइ सराप्दैन रु

यतिबेला देशैभरी राजा आउ भन्ने नक्कली राजाबादीहरु सल्बलाइ रहेछन् तर तिनको सलबलाइले न गणतंत्र ढल्छ न राजा फर्किन्छन् किनकि राजा आफैं कुनै प्रयत्न गर्दैनन् राजाबादीहरुमा त्यो ल्याकत पनि छैन । तर यो देशमा राजतंत्र रहंदा सम्म कुनै बिदेशिहरुले नेपालमा यसरी खुलेयाम परेड खेल्ने कल्पना पनि गर्न नसक्दा रहेछन् भन्ने कुरा इतिहसले प्रष्ट पारेको कुरा हो । यदि राजा फर्किहाले पनि बास्तविक रुपमा पराधीन भएको नेपालको राजनैतिक परिवेशलाइ पूर्ववत् स्वरुपमा परिवर्तन गर्न त्यति सजिलो पनि छैन ।

जसरी राजालाइ बिदेशीको इशारामा यी राजनैतिक दलहरुले जवरजस्ति रुपमा खेद्ने नांगोनाच नाचेर पाखा लगाएका थिए तिनीहरुको इच्छित स्वार्थ पुरा हुने अवस्था नदेखिएको अवस्थामा राजालाइ प्रतिस्थापित गर्नेवाला छैनन् ।
”जीवन्त बिम्ब ” जयराम बिडारी
थानकोट काठमाण्डौ