एकैदिन २ हजार ३ सयले घट्यो सुनको भाउ

प्रहर संवाददाता
प्रहर संवाददाता
२६ पुष २०७७, आईतवार १२:०२

काठमाडौँ – नेपाली बजारमा आज आइतबार सुनको मुल्य तोलामा २ हजार ३०० रुपैयाँ घटेको छ । शुक्रबार ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार ९३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको द्ध ।

सोहि परिमाणको तेजावी सुनलाई प्रतितोला ९२ हजार ५०० रुपैयाँ पर्नेछ ।

यता, चाँदिको भाउमा समेत भारी गिरावट आएको छ । यसअघि प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार चाँदी आज प्रतितोला एक हजार २७० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।