
कर्भड हलपछि हेटौंडाकै नमुना खेल मैदान निर्माणमा जुटे पुर्व बक्सिङ्ग खेलाडी घिमिरे

हेटौंडा – मकवानपुरमा फुटबल खेलको माहोल अन्य जिल्लाभन्दा बढी हुने गर्दछ । मकवानपुर राष्ट्रिय खेलाडी उत्पादन गर्ने केन्द्रको रुपमा परिचित छ । तर, बिडम्बना । खेलाडीले आफ्नो क्षमता र दक्षता विकास गर्नको लागि उपयुक्त तथा प्रभावकारी कुनै पनि भौतिक संरचना भने छैन ।
त्यही कुरालाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालि–५ मा रहेको पिप्ले युवा क्लबका अध्यक्ष तथा नेपालका पुर्वराष्ट्रिय बक्सिङ्ग खेलाडी सुसिल घिमिरे हेटौंडाकै नमुना फुटबल मैदान बनाउन जुटेका छन् । यसअघि जनस्तरबाट सहयोग संकलन गरेर बहुउपयोगी कर्भड हल बनाएर उदाहरणीय काम गरेका घिमिरे फुटबल मैदान निर्माणमा लागेका हुन् ।
हेटौंडा–५ मा रहेको पिप्ले युवा क्लबले घरेलु मैदानको रुपमा प्रयोग गर्दै आइरहेको क्याम्पाडाँडास्थित मत्स्य विकास केन्द्रको खालीचौरमा कर्रा खोलाको किनारमा नमुना खेलमैदान निर्माण सुरु गरेको हो । लामो समयदेखि खेल क्षेत्रमा योगदान दिदै आएको पिप्ले युवा क्लबले राम्रो खेलाडी उत्पादन गर्ने र प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने लक्ष्यसहित मैदान निर्माण गर्न लागिएको घिमिरेले बताए ।
पछिल्लो समयमा हेटौंडामा थुप्रै राष्ट्रियस्तरको प्रतियोगिताहरु कमजोर मैदानमा खेल्नुपर्ने बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै प्राकृतिक घाँसेमैदानलाई खेलमैदान बनाउन लागेको घिमिरेले बताए । उनले भने– “खेलाडीको खेलस्तर विकासको लागि भौतिक संरचनाले धेरै प्रभाव पर्ने भएकोले मैदान निर्माणमा लागेका हौँ।” तीन बिगाहा क्षेत्रफलमा निर्माण हुन लागेको खेलमैदानमा १० हजार दर्शक अट्ने प्याराफिट, रनिङ्ग ट्रयाक, ब्यायाम गर्ने यन्त्रहरु समेत जडान गरिने अध्यक्ष घिमिरेले बताए ।
संस्थागत रुपमा मैदान घेराबारको लागि डिभिजन बन कार्यालय मकवानपुरबाट ९ लाख सहयोग प्राप्त भएको छ । उनले भने– “प्याराफिट बनाउनको लागि हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । अन्य क्षेत्रबाट सहयोगको लागि पहल भैइरहेको छ ।” मकवानपुर फुटबल संघको पहलमा नेपाल फुटबल संघले मैदान स्तरउन्नतीको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए । त्यस्तै तुरून्त काम थाल्नको लागी हेटौंडा उपमहानगरपालिका वडा नं.५ का वडाध्यक्ष राजेश बानियाँबाट नगद रु ५० हजार प्राप्त भएको र आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

पिप्ले युवा क्लबले जनस्तरबाट निर्माण गरेको बहुउपयोगी कभर्ड हल
अहिले खेलमैदान निर्माणको काम जारी छ । धमाधम मैदान सम्याउने काम भैइरहेको छ । हेटौंडा उपमहानगरपालिकाबाट मैदानमा माटो बोक्नको लागि तीन वटा टिपर दुई दिनको लागि उपलब्ध गराएको अध्यक्ष घिमिरले बताए । उनले थोरै रकममा पनि मैदानलाई स्तरीय र राष्ट्रियस्तरको नमुनालायक बनाउँन सकिन्छ भन्ने उदाहरणको रुपमा लिएको बताउँछन् । “निर्माण लागि कति लाग्छ भन्ने अनुमान त गरेको छैन, ५०–६० लाख रुपैयाँ सहयोग जुट्यो भने एक करोड भन्दा बढीको काम गरेर देखाउँछौँ ।”
करोडौँ रुपैयाँ लगानीमा निर्माण भएका भौतिक संरचनाहरु हाम्रो आँखा अगाडि अलपत्र छन् । तर, उनले जनस्तरबाट सहयोग रकम संकलन गरेको भरमै हेटौंडा–५ पिप्लेमा एउटा बहुउपयोगी कर्भड हल बनाइसकेका छन् । कर्भड हल निर्माण सम्पन्न भैइसक्दा इन्जिनियरिङ्ग लागत ९५ लाख रुपैयाँ निस्कियो । कर्भड हल निमार्णमा ४५ लाख रुपैयाँ मात्र खचए भएको अध्यक्ष घिमिरेले बताए ।
भौतिक संरचना बनाउन सरकारी बजेट मुख्य कुरा होइन, हामी आफैं लगनशिल हुन जरुरी रहेको उनी बताउँछन् । घिमिरे फुटबल मैदान निर्माण पनि सहयोग मिल्नेमा विश्वस्त छन् । “मेरो भबिष्य बनाउँन लागेको होइन, हाम्रो भबिष्य बनाउँन हिडेको हुँ । सहयोग मागेकै भरमा कर्भड हल बनायौँ, कुनै सरकारी निकायबाट सहयोग नआएपनि खेल मैदान बनाउँछौँ ।”
१२ बर्षको उमेरदेखि मार्सल आर्ट क्षेत्रमा प्रबेश गरेका घिमिरे बीचमा आएर बक्सिङ्ग खेलमा लागे । करातेमा भन्दा बक्सिङ्गबाट उनलाई सफलता मिल्न थालेपछि बक्सिङ्गलाई निरन्तरता दिए । उनले बिस्तारै बक्सिङ्गबाट सफलता हात पार्दै गए । उनले हेटौंडा र काठमाडौंमा भएको राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा गोल्ड मेडल हात पारेका थिए । त्यसपछि हेटौंडामा भएको राष्ट्रियस्तरको बक्सिङ्ग प्रतियोगितामा लगातार १० पटक गोल्ड मेडल जित्दै एकलौटी राज मच्चाए । बक्सिङ्ग खेलबाटै भबिष्य बन्छ जस्तो लाग्यो । उनले श्रीलङ्कामा भएको सागमा ६४ केजीतर्फ नेपालका लागि रतज पदक समेत दिलाए । आधा उमेर खेल जीवनमा बितिसक्दा पनि भबिष्य सुनिश्चित नभएपछि उनी बिदेशिनु प¥यो ।
नेपालको खेल क्षेत्रमा योगदान पु¥याएर भबिष्य खेज्न बिदेश जाने घिमिरे एउटा प्रतिनिधि पात्र मात्रै हुन् । उनी ७ बर्ष मकाउ बसे । खेल क्षेत्रमा राम्रो भबिष्य नभएको कारण राम्रा खेलाडीहरु विदेश पलायन भइरहेका छन् । सरकारले बिशेष नीति अनाउनु पर्ने उनको भनाई छ । बैदेशीक रोजगारीबाट नेपाल फर्किएपछि उनले खेलक्षेत्रको विकासका लागि कुशल अबिभावकको भुमिका निर्वाहा गरिरहेका छन् । उनको नेतृत्वमा निर्माण भएको कर्भड हलमा बक्सिङ्ग खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् । खेलजीवनमा भोगेका दुःख सम्झदै भन्छन्– “हामीले भोगेको दुःख अबका पुस्ताले भोग्नु नपरोस् ।”
उनीसंगै उनका भाई सुबिन घिमिरे पनी खेलकुद क्षेत्रमा आबद्ध छन् । सुविन पुर्व फुटबलर हुन् । उनले सरस्वती क्लबमा आबद्ध भएर लामो समय ए डिभिजन लिग खेले । अहिले उनी दाजुले नेतृत्व गर्दै आएको क्लबमै आवद्ध भएर सहयोग पु¥याउदै फुलबल प्रशिक्षणको भुमिका निर्वाहा गरिरहेका छन् । साथै एफसी मुण्डियाल फुटबल टिम बनाएर विभिन्न जिल्लामा भएको फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेका छन् भने प्रतियोगितामा सफलता पनि हात परेका छन् । उनकै प्रशिक्षणमा केही दिन अगाडी सिरहामा भएको राष्ट्रपती आमन्त्रित उपमेयर प्रशिक्षणत्मक प्रतियोगिताको उपाधी जितेको थियो ।
नेपाली खेलक्षेत्रको विकासको लागि खेलकुदमा योगदान पु¥याएका लामो अनुभब भएको ब्यक्तिलाई खेलकुदको नेतृत्व दिनुपर्ने घिमिरेले बताए । “जसले जुनक्षेत्रमा जीवन बिताएको हुन्छ, उसले त्यस क्षेत्रको बारेमा जानेको हुन्छ । खेलकुदमा लागेका ब्यतिmले नेपाली खेलक्षेत्रको नेतृत्व गरे मात्रै नेपाली खेलकुद विकास हुन्छ ।”
वास्तवमा भन्ने हो भने बागमती प्रदेशको राजधानी शहरमा कुनै राष्ट्रियस्तरको प्रतियोगिता गर्ने एउटा पनि मैदान छैन । राम्रो भौतिकसंरचना नहँुदा पनि मकवानपुरका धेरै खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै आइरहेका छन् । फुटबल, कराते, बक्सिङ्गलगायत विभिन्न खेलबाट नेपालको प्रतिनिधित्व गर्दै आइरहेका छन् । फुबलतर्फ मकवानपुरबाट अन्जन बिष्ट, रन्जन बिष्ट, सुनील बल, एलन न्यौपाने, अमिर श्रेष्ठलगायत विभिन्न उमेर समुहमा धेरै खेलाडीले प्रतिनिधित्व गरिसेका छन् ।
यती खेलक्षेत्रमा मकवानपुरे खेलाडीको लगाबलाई नेतृत्वामा रहेकाहरुले बुझ्न नसकेको बिश्लेषकहरु बताउँछ । खेल मैदान बनाउँने भन्दै प्रतिबद्धता जनाएपनि भाषणमा मात्रै सीमित भएको बिश्लेषकको तर्क छ । मकवानपुरमा राष्ट्रिय स्तरका ठुलाठुला प्रतियोगिता हुन्छन् । उनीहरु मकवानपुरमा खेलकुदको भौतिक पूर्वाधार विकास नभएको गुनासो पोख्ने गर्दछन् ।
अखिन नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा मकवानपुरमा आउँदा उनले पिप्ले मैदानको अवलोक गरेका थिए । अवलोकनको क्रममा फुलबल मैदान स्तरउन्नतीको लागि तीन लाख सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । क्लबले खेलक्षेत्रमा गरेको योगदानलाई कदर गर्दै मैदान निर्माणमा राम्रो सहयोग मिल्ने र समयमै नमुना फुटबल मैदान बन्नेमा अध्यक्ष घिमिरे बिस्वस्त रहेको बताउँछन् ।
मकवानपुरे खेलाडी गणेश थापाले लामो समय नेपाली फुटवल क्षेत्रको नेतृत्व गरिरहँदा हेटौंडाले भने खासै प्राथमिकता पाएन । अझ फिफाकै नेतृत्व तहमा पुगेका तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले मकवानपुरे खेल क्षेत्रलाई अगाडि बढाउने कुनै गतिलो योजना ल्याउन नसक्नु मकवानपुरको दुर्भाग्य पनि हो ।