घट्यो सुनको मूल्य

प्रहर संवाददाता
प्रहर संवाददाता
२७ पुष २०७७, सोमबार ११:५४

काठमाडौं – नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर सोमबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार तेजावी सुन तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १२३० रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।