मनहरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष बिष्टले दिएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण

प्रहर संवाददाता
प्रहर संवाददाता
२८ पुष २०७७, मंगलवार २०:१०

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकाकी पुर्व उपाध्यक्ष मनिला विष्टले राजिनामा पछि दिएको अभिव्यक्ति प्रति कार्यालयले गम्भिर ध्यानाकर्षण जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले एक प्रेस विज्ञप्ती जारी गर्दै पूर्व उपाध्यक्ष मनिला बिष्टले आफ्नो राजीनामाको विषयसँग जोडेर पत्रकार सम्मेलनका क्रममा कर्मचारीहरुको विषयमा दिएको अभिव्यक्तिप्रति कार्यालयका तर्फबाट गम्भिर ध्यानाकर्ष भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, “यस गाउँपालिकाका उपाध्यक्ष श्री मनिला बिष्टले आफ्नो पदबाट अध्यक्ष श्री एकराज उप्रेती समक्ष दिएको लिखित राजिनामाको विषयसंग जोडेर मनिला विष्टले मिति २०७७र०९र१९ गते गरेको पत्रकार सम्मेलनमा यस कार्यालयका कर्मचारीहरुको विषयमा दिएको अभिव्यक्ति प्रति कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।”

“कर्मचारीहरुको चरित्र हत्या गर्ने प्रयास गर्न पनि आफैमा गैरकानुनी कार्य भएको उल्लेख गर्दै भन्दै कार्यालयका कर्मचारीहरू पदिय मर्यादा, आवरण र कार्यालयको जिम्मेवारी प्रति सजग रहेको र पदाधिकारीहरुले राजिनाना दिने र स्वीकृत गर्ने विषयमा कहि कतै कुनै कर्मचारीहरुको कुनै भुमिका र स्वार्थ नरहेको समेत स्पष्ट पारिएको छ । गाउँपालिकाले गरेका निर्णयहरु निस्पक्ष र प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने सन्दर्भमा कार्यालय प्रमुखको निर्देशन र आफ्नो पदिय जिम्वेवारीमा रहेर काम गरिरहेका कर्मचारीको मनोबल कमजोर बनाउने गरी त्यस्ता भ्रामक कुराहरु नगर्न र नलाग्न समेत उहाँले सम्पूर्ण मनहरीवासीलाई अनुरोध गर्नुभएको छ ।” विज्ञप्तिमा उल्लेख छ ।

पुष १९ गते उपाध्यक्ष विष्टले आफ्नो पदबाट राजीनामा दिएको भन्दै अध्यक्ष एकराज उप्रतीले राजीनामा स्वीकृत गरेका थिए । अध्यक्षको क्रियाकलापलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले गत मङ्सिर २९ गते पदबाट राजीनामा दिएको बताइएको छ ।

विज्ञप्ति