आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

प्रहर संवाददाता
प्रहर संवाददाता
२९ पुष २०७७, बुधबार ११:३९

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।  आज तोलामा १ सयले बृद्धि भइ प्रतितोला सुन ९२ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ८ सय रहेको थियो ।

आज तेजावी सुनको मूल्य ९२ हजार ४ सय रहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बृद्धि भएको छ । यसअघि मंगलवार प्रतितोला चाँदीको मूल्य १२ सय ५० रहेको छ । त्यस्तै आज प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।