द भ्वाइस अफ नेपाल सिजन ३ को कोच परिवर्तन, आस्थाको ठाउँमा तृष्णा गुरुङ

प्रहर संवाददाता
प्रहर संवाददाता
२९ पुष २०७७, बुधबार १६:००

काठमाडौं – सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को कोचमा तृष्णा गुरुङ आबद्ध भएकी छन् । सिजन–३ का लागि गुरुङ कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’ प्रवेश गरेकी हुन् ।

सिजन–२ मा आस्था राउत रहेकोमा उनको ठाउँमा गुरुङ आएकी हुन् । अन्य तीनजना कोचमा भने गत सिजनकै दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् ।

दोस्रो सिजनमा पनि ‘द भ्वाइस अफ नेपाल’ले कोच परिवर्तन गरेको थियो । पहिलो सिजनका कोच अभया सुब्बा र सनुप पौडेललाई परिवर्तन गर्दै राजु लामा र आस्था राउतलाई भित्राएको थियो ।

भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन भर्खरै सकिएको छ। डिजिटल अडिसनमा नेपालका साथै भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलियालगायत देशका नेपाली मुलका ४० हजार जनाले सहभागिता जनाएका छन्।

यसमध्येबाट १२० जना ब्लाइण्ड अडिसनका लागि छनोट हुने छन्। यसबाट प्रत्येक कोचको टिममा १२ जनाका दरले ४८ जना ब्याटल राउण्डमा प्रवेश गर्ने छन्।

कार्यक्रम एक महिनाभित्र हिमालय टेलिभिजनमार्फत् शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुने बताइएको छ ।

प्रेस बिज्ञप्ती

Image may contain: text

Image may contain: text