नेपालमा थप ४४५ संक्रमित थपिए, ५ जनाको मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
२९ पुष २०७७, बुधबार १६:३६

हेटौंडा – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९७ हजार ९ पुगेको छ।

बुधबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ३७ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ४ सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ।