हिटर बालेर सुतेका खड्काको जलेर मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
६ माघ २०७७, मंगलवार १०:१८

काठमाडौं – गएराती हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर मृत्यु भएको छ । काठमाडौंको कलंकीस्थित खड्का गाउँमा राति हिटर बालेर सुतेका खड्काको विद्युत् सर्ट भएर आगलागी हुदा जलेर मृत्यु भएको हो ।

आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेको अवस्थामा शव भेटिएको थियो । परिवारका सदस्यले जलेको गन्ध आएपछि मात्रै आगलागी भएको थाहा पाएका थिए ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।