सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
६ माघ २०७७, मंगलवार १०:३४

काठमाडौं – सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । भारतको गुजरातमा मंगलबार बिहान किम–मानदभी सडकखण्डमा एक ट्रक मजदुरमाथि गुड्दा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

घटनामा १२ मजदुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । सो घटनामा केही मजदुर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

गुजरात प्रहरीका अनुसार उखु बोकेको ट्याक्टरमा ट्रक ठोक्किएको थियो । ठोक्किएपछि अनियन्त्रित बनेको ट्रक सुतिरहेका मजदुरमाथि गुडेको थियो ।