मकवानपुरगढीमा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धी अभिमुखीकरण

प्रहर संवाददाता
प्रहर संवाददाता
१३ माघ २०७७, मंगलवार २०:२८

हेटौंडा – मकवानपुरगढी गाउँपालिकामा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ। पालिका संचार प्रा लिको आयोजना मकवानपुरगढी पत्रकार समाजको संयोजन तथा मकवानपुरगढी गाउँपालिकाको सहयोगमा कार्यक्रम भएको हो।

कार्यक्रमका प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले कृषि र पर्यटन बिना गाउँपालिकाको विकासको परिकल्पना गर्न नसकिने बताए । उनले मकवानपुरगढीमा विकासको सम्भावना धेरै भएपनि श्रोत र साधनको अभाब रहेको बताए। जनशक्ति र इच्छाशक्ति भएपनि पैसा नहुँदा काम गर्न समस्या रहेको उनले बताए ।

अध्यक्ष हुमागाईंले कृषि, पर्यटन लगायत अन्य क्षेत्रको प्रवर्द्धनमा मिडियाको भुमिका महत्वपुर्ण रहने बताउँदै राम्रो कामको प्रचार गर्न र नराम्रो कामको खबरादरी गर्न समेत अग्रह गरेका छन् ।

No description available.

कार्यक्रममा गाउँपालिकाले कृषि तथा पर्यटन क्षेत्रमा गरेको बारेमा प्रतिवेदन प्रस्तुत गरिएको थियो । गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले गाउँपालिकाको कृषि विकास कार्यक्रम, उपलब्धी, अवसर र चुनैतीहरुको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कुमार पुडासैनीले पर्यटन प्रवर्द्धनमा गाउँपालिकाले गरेको प्रगति र भावि योजनाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

ऐतिहासिक मकवानपुरगढी दरवार परिसरमा भएको अभिमुखीकरण कार्यक्रमका मकवानपुरगढी पत्रकार समाजका अध्यक्ष सरिता दाहालको सभाध्यक्षता भएको हो ।  कार्यक्रममा मकवापुरगढी–३ का वडाध्यक्ष भागवत घिमिरे, नेपाल पत्रकार महासंघका बागमती प्रदेशका महासचिब कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुरका पुर्ब अध्यक्ष राममणी दाहाल, प्रेस संगठनका केन्द्रीय सदस्य रामकुमार एलन, केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सहसंयोजक सुनिल खड्का, रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन प्रसाद दाहाल ,प्रेस युनियन मकवानपुरमा अध्यक्ष तथा महासंघ उपाध्यक्ष कुमार अधिकारी लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।