हेटौंडामा लागुऔषध गाँजा सहित दुई जना पक्राउ

प्रहर संवाददाता
प्रहर संवाददाता
१३ माघ २०७७, मंगलवार २१:३७

हेटौंडा – हेटौंडामा लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ बस्ने ५० वर्षीय शंकर चौधरी र सोही स्थान बस्ने ५० वर्षीय राम बिलास पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोमबार हेटौडा उपमहानगरपालिका वडा नं. १० स्थित बसपार्कबाट १० किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।